रोजगार

दुग्ध विकास संस्थानले माग्यो १२३ कर्मचारी (सूचनासहित)

दुग्ध विकास संस्थानले माग्यो १२३ कर्मचारी (सूचनासहित)

काठमाडौंः दुग्ध विकास संस्थानले १२३ जना कर्मचारीको माग गरेको छ । संस्थानले शुक्रबार एक सूचना प्रकाशित गरी अधिकृतस्तरमा ३३ जना र सहायक स्तरमा ९० जना कर्मचारी माग गरेको हो ।

आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गरिने संस्थानको पदपूर्ति समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर १९ गतेभित्र र दोब्बर दस्तुर तिरी मंसिर २६ गतेभित्र आवेदन दिन सक्नेछन् । विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुस्– 

कर्मचारी दुग्ध विकास संस्थान