अपराध सुरक्षा

सांसद्को डेरामा दिउँसै चोर पसेपछि

सांसद्को डेरामा दिउँसै चोर पसेपछि

काठमाडौँ । संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सांसद राजेन्द्र गौतम बसेको घरमा चोरी भएको छ । संखुवासभाबाट निर्वाचित सांसद गौतमको महानगरपालिका वडा नं १० देवीनगरस्थित डेरामा चोरी भएको हो ।

घरको मूल ढोकाको ताल्चा फुटाएर नगद तथा गरगहना चोरी भएको प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो दुईदेखि चार बजेको बीचमा चोरी भएको बताइएको छ ।

गौतमका अनुसार अढाइ तोला सुनका गहना, चाँदीको थाली र १ लाख ५ हजार नगद चोरी भएको छ ।