मनोरञ्जन

शाहरुख खानको फिल्मको गीत गाएर पुन: चर्चामा रानु मण्डल, भिडियो भाइरल

शाहरुख खानको फिल्मको गीत गाएर पुन: चर्चामा रानु मण्डल, भिडियो भाइरल

एजेन्सी। रानु मण्डल नाम नसुन्ने सायदै होलान। पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा गीत गाएर दैनिकी गुजार्दै आएकी एक सामान्य महिला हुन् उनि। रेल्वे स्टेसनमा गीत गाउदै गर्दा कसैले भिडियो रेकर्ड गरेर सामाजिक संजालमा शेयर गरे पछि एकाएक भाइरल भएकी रानु पछिल्लो समय व्यस्त छिन।  

बलिउडका गायक तथा संगीतकार हिमेश रेशमियाले आफ्नो चलचित्रको गीत गाउने अवसर दिए पछी रानु  झनै चर्चामा आएकी हुन्।  योसंगै रानु फेरी एकपटक चर्चामा आएकी छिन उनले शाहरुख खानको चलचित्र 'दिलवाले दुलहनिया ले जाएंगे' को गीत 'तुझे देखा तो ये जाना सनम' मा आफ्नो आवाज दिएकी छिन जुन  भिडियो हाल सामाजिक संजालमा भाइरल भईरहेको छ।  रानुले 'कमेडी स्टार्स' नामको एक रियालिटी शो मा यो गीत गाउँदा पुन चर्चामा आएकी हुन्।

https://www.instagram.com/p/B4FOB1bhHEd/

लता मंगेसकरको एक प्यारका नग्मा हैं बोलको गीत गाएर चर्चामा आएकी रानु हिमेशको फिल्म 'हैपी हार्डी ऐंड हीर' को 'तेरी मेरी कहानी' बोलको गीतबाट झनै उचाईमा पुगेकी हुन्।  

यतिखेर रानुलाई विभिन्न अफरहरु आइरहेका छन।  उनि अचानक पाएको स्टारडमलाई जोगाउने हर प्रयासमा छिन।  

 

 

रानु मण्डल