मनोरञ्जन

'हरे राम' लेखिएको बिकिनीका कारण ट्रोलको शिकार भईन बाणी कपूर, मानिसहरुले भने 'लाज लाग्दैन'

'हरे राम' लेखिएको बिकिनीका कारण ट्रोलको शिकार भईन बाणी कपूर, मानिसहरुले भने 'लाज लाग्दैन'

एजेन्सी।  हालै मात्र प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र 'वार' मा ऋतिक रोशन र टाइगर श्रोफका साथमा देखिएकी अभिनेत्री बाणी कपूरलाई मानवीय भावनामाथि ठेस पुर्याएको आरोप लागेको छ।  जसका कारण उनि सामाजिक संजालमा ट्रोलको शिकार बन्न पुगेकी छिन।  

हालै मात्र बाणीले इंस्टाग्राममा 'राम' नाम लेखेको कपडामा लगाएको तस्बिर सार्वजनिक गरेकी छिन जसका कारण उनि ट्रोलको शिकार हुन पुगेकी हुन्।  

विवाद बढेसंगै बाणीले उक्त तस्बिर इंस्टाग्रामबाट त हटाईन तर केहिले उनको तस्बिरलाई प्रयोग गरेर उनको मजाक उडाईरहेका छन। 'राम' नाम लेखिएको बिकिनीका कारणले गर्दा नै उनि धेरै विवादमा परेकी हुन्।  

उनको ड्रेसमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन,  'बाणी तिमीलाई हाम्रो हिन्दु धर्मदेखि अलिकति पनि डर छैन।  यदि भगवानलाई सम्मान गर्न सक्दैनौ भने अपमान गर्ने कोसिश पनि नगर।' यो तिम्रो मुर्खता हो।  

त्यसो त् कतिले बाणीलाई लाज नभएको भनेर समेत गाली गरेका छन।    

 

  

बाणी कपूर