समाचार

अनुदानको सोलार तेब्बर मूल्यमा विक्री, उममेयरले गरिन् घटनाको खुलासा

अनुदानको सोलार तेब्बर मूल्यमा विक्री, उममेयरले गरिन् घटनाको खुलासा

जुम्लाः अनुदानमा लिएका सोलार प्यानल सर्वसाधरणलाई निःशुल्क बाड्नु पर्नेमा व्यापारीले रकम लिएर ठगी गरेको घटना सार्वजनिक भएको छ ।

जुम्लाका दुई हजार दलित समुदायलाई निःशुल्क वितरण गर्नु पर्ने सोलार प्यानललाई व्यापारीले १५ सयका दरले रकम उठाएर ठगी गरेको घटना बाहिर आएको हो ।

सोलार व्यापारी मिन बहादुर मल्लले जुम्लाका दुईहजार बढि दलितलाई सस्तोमा सोलार ल्याईदिने भनि दुई वर्ष पहिले नागरिकता संकलन गर्छन् । त्यतिबेला उनले चन्दननाथ नगरपालिका, गुठिचौर, तातोपानी र तिला गाउँपालिका दुईहजार विपन्न दलितको नागरिकता लिएका थिए ।

तातोपानी–३ का वडाध्यक्ष डिल्ली रावलका अनुसार व्यापारी मल्लले नागरिकता लिदाँ खेरी ५० प्रतिशत अनुदानमा सोलार दिने कुरापनि उल्लेख गरेका थिए ।

उनले गएको चैत र बैशाख महिनामा गाउँगाउँमा सोलार ल्याएर सिधै १५ सयमा विक्री गर्ने भन्दै वडाकार्यालयलाई सिफारिस मागे । सोलार व्यापारी मल्लले सिधै ५० प्रतिशत अनुदानमा दिने भनिएका सोलार १५ सयमा दिँदा धमाधम विक्री भयो । सस्तोमा भन्दै स्थानीयले ऋण सापट गर्दै भएपनि १५ सयका सोलार लिए । कतिका घरमा अहिले बिग्री सकेका छन् । तर व्यापारी मिन बहादुर मल्लले नागरिकता लिएदेखि सोलार ल्याएर ,विक्री गरुन्जेलसम्म कसैलाई पनि अनुदानका सोलार हुन भन्ने कुरा लुकाएका थिएनन् ।

विस्तारै अन्य जिल्लामा फ्रिमा वितरण गरिएको अनुदानका सोलार जुुम्लामा १५ सयमा विक्री भयो भन्ने कुरा बाहिरियो । त्यसपछि हाम्रो साझा बहुउद्देश्यी सहकारी सस्ंथाका अध्यक्ष मनसुर सुनारले चन्दननाथ नगरपालिकाको न्यायीक समितिमा अनुदानका सोलारमा ठगी भएको भन्दै छानविनका लागि उजुरी दिए ।

उजुरीमाथि छलफल गर्दा व्यापारी मल्ल अनुदानका सोलारमा सरासर ठगी गरेको पाइयो । उपमेयर अप्सरादेवि न्यौपानेले जानकारी दिइन् । ठगी गरेको पाइएपछि पाँचपटकसम्म न्यायीक समितिको बैठकको निर्णयले व्यापारी मल्ललाई नगरपालिका भित्रका दलितको पैसा फिर्ता गर्न ताकेता  गरेपनि उनलले पैसा फिर्ता नगरेको उपमेयर न्यौपानले बताइन् ।  अटेर गरेपछि बुधबार पत्रकार सम्मेलन गर्दै यो घटना सार्वजानिक गरिएको उपमेयर न्यौपानेले बताइन् । रेडयाे नेपालबाट 

जुम्ला सोलार प्यानल