अपराध सुरक्षा

लागूऔषधसहित तीन जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

सिरहा । सिरहामा प्रहरीले तीन जनालाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका– ७ निवासी १८ वर्षीय रोशन खड्का, सोही ठाउँका ३० वर्षीय गोविन्द नेपाल र भारतको जिल्ला मधुवनी थना लौकाहा खुटौना फूलपरास निवासी १८ वर्षीय मोहम्मद रियाज रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले बिआर ३२ यू ४७९९ नंकोे मोटरसाइकललाई जाँच गर्दा तीनै जनाको साथबाट नाइट्रोभेट १४ पत्ता, स्पास्मो पाँच पत्ता र गाँजा १० ग्राम फेला परेको प्रहरीले जनाएको छ । 

अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको गस्ती टोलीले साहलाई घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा बुझाइने प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।