राजनीति समाचार

पार्टी कार्यालयमा देउवाले मुखै छाडेर गाली गरेपछि

पार्टी कार्यालयमा देउवाले मुखै छाडेर गाली गरेपछि

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै विरुद्ध पार्टीको भातृ संगठन विद्यार्थी संगठन नेविसंघका नेता–कार्यकर्ताले विरोध प्रदर्शन गरेपछि देउवाले झपारेका छन् । सभापति देवाउले नेविसंघको नयाँ नेतृत्वका लागि ५० वर्ष आसपासका राजीव ढुंगानाको नाम प्रस्ताव गरेपछि नेविसंघका नेता–कार्यकर्ताले शुक्रबार पार्टी कार्यालयमै सभापति देउवाबिरुद्ध प्रदर्शनमा उत्रिए ।

नेविसंघको विधानमा नेतृत्वका लागि ३२ वर्षीय उमेर हद व्यवस्था गरिएको छ । देउवा अपरान्ह केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुग्दा नेबिसंघका नेता कार्यकर्ताले देउवाविरुद्ध चर्को नाराबाजी गरे । उनीहरुले ३२ वर्ष मूनीको नेतृत्व नेविसंघमा ल्याउनुपर्ने माग गरेका थिए ।

आफैबिरुद्ध कडा नारावाजी गरेपछि देउवा जंगिएका थिए । मूलगेटमै बसेर नेविसंघलाई विधानअनुसार चलाउन मागसहित नारा लगाइरहेका बेला गाडीबाट ओर्लिएपछि देउवा कार्यालयतर्फ छिर्दै गर्दा आफूहरुतिर औँला उठाउँदै मुख छाडेको एक विद्यार्थी नेताले जानकारी दिए । कुन्दनराज काफ्ले समूहका विद्यार्थीहरु प्रदर्शनमा उत्रेका थिए।