खेल

आयरल्याण्डसँग नेपाल १३ रनले पराजित

आयरल्याण्डसँग नेपाल १३ रनले पराजित

काठमाडौँ । पाँच देशीय टी–ट्वान्टी सिरिजमा नेपाल आयरल्याण्डसंग १३ रनले पराजित भएको छ । आज भएको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको हो । १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छँदै १ सय ३२ रनमा समेटिएको थियो ।

नेपालका सुरुवाती ब्याट्सम्यानले सन्तुलिन ब्याटिङ प्रर्दशन गरे पनि मध्यक्रममा सम्हालिन नसक्दा नेपाल पराजित भएको हो । नेपालका लागि आरिफ शेखले २६ रन बनाएको ईनिङ्समा ओपनरद्वय पारस खड्काले २५ र ईशान पाण्डेले २२ रन बनाएका थिए । दिपेन्द्र सिंह ऐरीले १९ रन बनाए ।

यरल्याण्डका जर्ज डोकरेलले सर्वाधिक ३ विकेट लिए । यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । आयरल्याण्डका लागि ओपनर पाउल स्टर्लिङले सर्वाधिक ५९ रन बनाएका थिए । एन्ड्री बलबीनीले ३८ रन बनाएर आउट भएका थिए । तर अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहन सकेन ।

सन्दीप लामिछानेले आयरल्याण्डका आक्रमक ब्याट्सम्यान केभिन ओ ब्रोएनलाई ५ रनमा पोविलियनको बाटो देखाउँदै नेपाललाई सहज सुरुवात दिलाएका थिए । नेपालका अविनाश बोहरा र सन्दीप लामिछानेले समान २ तथा ललित राजवंशी र करण केसीले समान एक विकेट लिएका थिए ।

नेपाललाई हराउँदै आयरल्याण्ड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले चार खेलबाट ६ अंक जोडेको छ । नेपाल २ खेलबाट ४ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।