खेल

नेपालले आज बलियो प्रतिस्पर्धी आयरल्याण्डको सामना गर्ने

नेपालले आज बलियो प्रतिस्पर्धी आयरल्याण्डको सामना गर्ने

काठमाडौँ ।  ओमानमा जारी पाँच देशीय टी ट्वान्टी क्रिकेट अन्तर्गत नेपालले आज टेस्ट राष्ट्र आयरल्याण्डको सामना गर्दैछ । खेल नेपाली समय अनुसार सवा ११ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा अपराजित रहेको नेपालले आयरल्याण्डलाई हराएको खण्डमा टेष्ट मान्यता टिमविरुद्द नेपालको पहिलो जित हुनेछ ।

पहिलो खेलमा हङ्कङलाई चार विकेटले हराएको नेपालले नेदरल्याण्ड्सविरुद्ध पनि चार विकेटकै रोमाञ्चक जित निकालेको थियो ।
सिरीजको अन्तिम खेल खेल्न लागेको आयरल्याण्डले ओमानमैँ जारी प्रतियोगितामा नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो भने हङकङलाई ६६ रनले ।

ओमानसँग भने ४३ रनले पराजित भएको थियो । टी २० क्रिकेटमा नेपाल र आयरल्याण्डको यो दोस्रो पटकको खेल हो । यसअघि २०१५ मा भएको विश्वकप छनोटमा नेपाल आयरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको थियो ।