विजया दशमीको दोस्रो दिन आज पनि मान्यजनका हातबाट टीका र आशीर्वाद थापेर मनाईँदै 

विजया दशमीको दोस्रो दिन आज पनि मान्यजनका हातबाट टीका र आशीर्वाद थापेर मनाईँदै 

काठमाडौँ ।  आज विजया दशमीको दोस्रो दिन । आज पनि टीका लगाउने क्रम जारी छ । कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन रहेकाले आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ ।

आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हो ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको जित भएको खुशीयालीमा पूर्णिमासम्मै विभिन्न स्थानमा दुर्गा भवानीको प्रसादस्वरुप टीका थप्ने प्रचलन छ । 

संम्बधित खबर