समाचार

भातेढुकुरमा मिनी बस दुर्घटनामा परी एक जनाको मृत्यु

भातेढुकुरमा मिनी बस दुर्घटनामा परी एक जनाको मृत्यु

भक्तपुर - अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको भातेढुकुरमा दुर्घटना भएको छ। सूर्यबिनायक नगरपालिका ८ भातेढिकुरमा काठमाण्डौबाट साँगातर्फ जादै गरेको बा ५ ख ४३६७ नं. को मिनिबस र बिपरित दिशाबाट आउदै गरेको बा २४ प २७४० नम्बरको मोटरसाइकल सोमबार राति करिव ११ बजे एक आपसमा ठोक्किएर दुर्घटना भएकाे थियाे। दुर्घटनामा परी एक जनाकाे ज्यान गएकाे छ।

प्रहरीका अनुसार ठक्करपछि घाइते भई उपचारको लागि डा.इवामुरा अस्पताल ल्याइएकोमा मोटरसाइकलमा पछाडि सवार रामेछाप लिखु गाउपालिका ४ घर भई  हाल भक्तपुर सूर्यविनायक नगरपालिका ९ नलिन्चोक बस्ने बर्ष ३५ को रामबहादुर भुजेलको मृत्यु भएको हो। उनलाई थप उपचारका लागी त्रिबि. शिक्षण अस्पताल काठमाण्डौ रिफर गरेकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

मोटरसाइकल चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका ३ घर भई हाल नलिन्चोक बस्ने वर्ष २९ को  अर्जुन थामीलाई थप उपचारका लागी राति नै ग्राण्डी अस्पताल रिफर गरी उपचार भइरहेको जनाइएको छ। दुबै सवारी साधन र बस चालक दोलखा भीमेश्वर नगरपालिका ८ भीरकोट बस्ने बर्ष २६ को बिनोद खत्री महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको जनाइएको छ। घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटी गई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।