विचार

‘हरबाउ’ पालाको दशैं 

कमल कोइराला

‘हरबाउ’ पालाको दशैं 

म : हेलो ! हउरबा ढोउ अरेँ । सन्चै हुनुन्च ?

हजुरबा : हलो ! हलो !! अल्लि बेस्करी बोल त बाउ १ को बोल्यौ ? उतिसारो कान नि सुन्निनँ के बाउ मैले । हलो १ हलो ११ ए ठूल्नाति बोलेया हौ बा ? बाहिरअड देउथा त ठीकै छु, तर आँताँ रोउ छ, तेति निको छैन बा आजोलि १ तेई पनि गाम्मा ओल्तिरपोल्तिर लखरलखर सान्तिना काम अरेकै छु बाउ ११ अनि तिमरु सप्पै काठ्बन्नु नै छौ अइलेसँ ? दसैँ पनि दइल्याँई आइसको ? खोइ कइले आम्चौ त नि घर्तिर ?

म स् अब एकरदुईदिनमा आउनपर्ला नि हउरबा ११ अनि गाम्तिर कस्तो छ त नि दसैँको मेलोमेसो ?

हजुरबा स् के दसैँ आओ भन्नियो र नि बाउ १ हिजाजओ दसैँ त मलाई दसैँअस्तो नि लाउतैन बाउ ? पोइलाअस्तो दसैँ काँ छ र हिजाज ?

म : कस्तो हुन्थ्यो र हउरबा पहिलाको दसैँ ? सुनाउनुहोस् न ?

हजुरबा स् हाउँरा पालाओ दसैँयो बारेयाँ बताम्दा तिमोर्लाई पुरान सुनाझैँ लाउँच बा , तेतिबेलाओ दसैँया के कुरा अर्नु छ र ? भनिसाध्यै छैन । ओहोरै रमैलो हुन्तो बाउ उन्ताका त , भदौ सक्किएसि अक्कास छ्याङ्ङ खुल्तो । मौसम नि ओहोरै सप्फा र घमाइलो हुन्तो । हिजाज त पेखुओ धुम्मे साहिँलोझैँ मौसम धुम्योधुम्यै छ । इन्ताकासँ कति बर्सिन सकेको हो तेस्का बाउको मुत् पनि ? कात्तिकसँ पानी ओइरेयो–ओइरेई हुन्च १ सधैँ छउँछउँदीओ हिलेजात्रा अस्तो हुन थालो दसैँ पनि । उन्ताका त सोरसरात सक्किनेत्तिकै गाम्भोरि दसैँको माचो सुरु हुन्तो । ुलौ दसैँ आओ , भनेसि दुई घडी रात बाँकी छँदै ओच्छिनाड उठेर दुई घन्टाओ बाटो हिनेर गाम्भोरिका सप्पै सोरेक भन्जिङ्को गइराँ कमेरो लिन गइन्तो । भन्जिङाँ हाल्यो रोटेपिङाँ गोड्चारेक फन्को लार दिउँसो घर फर्किन्तो । मोरीजाम् ल अइलेया मुन्छेले तेस्तो दुक्ख अर्न सौतएन् केरे बाउ १

अन्त्याँसि अर्का दिन ब्यानभोरि थैला र डोकाँ बोकेर ल्याको कमेरो बडेमान्को ताउलाँ भिजाइन्तो । तेई भिजाको कमेराँ बेस्करी कुचो चोपलेर घर, गोठ, धन्सार, कोठी, भरेङ, दलिन, आँटी, भँडार, बार्तली, दैल्ठेलो, जस्केलो, भान्सो, अइनो, पिँडी, कर्सो जतातै सर्लक्क पोतिन्तो । अँसि फेरि पिँडीअड झ्यालसम्मओ भित्ताँ गेरु खोजेर ल्यार घेरो लार पोतिन्तो। आउनाँ छेउमा गिलो माटाले राम्रोसी डिल लगार गोबरले लिपलाप पारिन्तो । आउनाओ भ्वाङ परेया ठामजति माटाले टालटुल पारिन्तो । धेरै मिनेतले घर टलक्क बनाइन्तो । बर्खआँ एउचोटि दसैँयो बेलाँ वन खुल्ला हुन्तो । गाम्भोरिका आइमाई, केटाटीजति जम्मै दाउरा खोन्न वन्तिर जान्ते । दुई दिनअगि देखुन्अड तामाओ गाउरीयाँ भिजाओ मकैयाँ थोत्थोरै गहुँ र जौ मिसार केराओ पाताँ दुत्तीयाका दिन साँझआ जून हेरेर जमरा राखिन्तो ।

दसैँ आउनी बेला भसि पल्टनियाँहरू हर्रिया गुन्टा र बडेमान्को भोटेताल्चा झुँडाको कालो बाकस बोकेया भरिया अगाडि लार हाताँ बडेमान्को रेडियो घन्काम्दै राति पारि बाटातिरड पिल्पिल बत्ती बाल्दै आम्ते । कोईकोई त केसेटाँ गीद घन्काम्दै आम्ते । एउरदुई दिनभित्रै गाम्भोरिका पल्टनियाँ फौजी लाउरे अँसि डिल्ली, बम्बै, भोपालाड छुट्टीयाँ गाम फर्केया चाउरेहरू जति सप्पै उपल्लारे लाउरे ठूलाका आउनाँ जम्मा हुन्ते । दसैँ मान्नी कुराँ ठूलै दहलफसल चल्तो। गाम्भोरिका बाल्खादेखि पाकापुरानासँका सप्पै मुन्छेजति सरसफइमा जुट्ते । खुर्पा, आँसी, कुटो, कोदालो, बन्चरो, गैँती, बेल्चा, झ्याम्पल, लौरो जेजे भेटिन्च तेईतेई हात्हाताँ लिएर तल खोला देखुन्अड उपल्लारसम्मको बाटो खनेर फराकिलो पारिन्तो । कान्लाहुँदिया झार च्यातचुत पारिन्तो । अन्त्याँसि झाम्री फाँडफुँड अरेर डहर सोरेर छ्याङ्ङ बनाइन्तो ।

सप्पैका घरघराँड बाब्बियो जम्मा अरेर गाम्का एउडाआ घरओ आउनाँ बसेर रातभोरि पिङओ लठ्ठो बाटिन्तो । पल्लाछेउका खोरियाओ खर्बारीआड खर काटेर ल्याइन्तो । लठ्ठो बाट्ता जान्नीहरूले मालसिरी पनि गाम्ते । अलि सम्मो ठाम खोजेर आँप, शमी, वरपीपलआ बल्लियाबल्लिया रूखओ हाँगाँ पिङ हालिन्तो । गाम्का अलि जान्नीसुन्नी उप्रेतले पिङ् खेल्नी साइत निकाल्ते । अन्त्याँसि गाम्भोरिका सब्भन्ना बूढापाकाले आफू एउचोटि खेलेर दसैँको पिङ फुकाइदिन्ते । अँसि बिहान्देखि मध्यरातसँ पिङ खेल्न गाम्भोरिका आईमाई–केटाकेटीओ धुइरो लाम्तो । अरू बेला खासै फुर्सत् नहुनी । दसैँयो बेलाँ पिङ खेल्नी बानामा मौका छोपेर कुनैकुनै चन्नाल–चन्नाल्नीहरू छिल्लिएर बिधिबौँसै अर्ते । बैँस भर्रिएर उम्लेया साँढेल्नाम्नाहरू कोईकोई त तेई मौकाँ लठारिँदै डाँडै काट्न पनि भ्याम्ते ।

साँझबिआनै दुर्गापूजा अरेर देवीया नाममा धूपधुँवार अर्नी चलन थियो । बर्खभोरि खेतबारीयाँ काम अर्नी सबै समान जम्मा अरेर खकालखुकुल पारी देवीथापना अर्यो ठाम्थिम् राखेर पूजा अरेसि यसो फूलअछेता छर्किनी चल्ती थियो । दुर्गाभोरि बिआन उठेर न्वाइध्वाइ गरी पर्तेक दिन एउ अध्धे चन्नीपाठ अरिन्तो । उन्ताका सप्पैका घर्का गोठाभोरि टनन्न डिँयाँडाँअर हुन्ते । खोराँ बाख्रापाठाओ लेखै हुन्नतो । लेकतिरअड गुरुम–मअरहरू दसैँया पाठा खोन्न घरघरै आम्ते । देउराली देखुन्अड वालिम–भकुन्ने–भुम्रेसँका निआरहरू भैँसीया पाडा खोन्न आम्ते । खोरआड पाठा तान्दै बाइर आउनाँ निकालेर उचाल्दै किनमेलको मोल्मोलाइ चल्तो । अष्टमी र नवमीया दिन देउराली र कोट्तिरका देवीथानमा पाठो पूजा अर्न लानी चलन थियो । ठूलै भक्कल हुनीले बाजागाजासइत पन्चौली लान्ते । केई नहुनीले घरैयाँ खसी काटी आउनैयाँ चुलो बनार सिखारका थरीथरी परिकार पकार पेटभोरि खान्ते ।

अँसि दसैँयो टीकाओ दिन ब्यानै उठेर न्वाइध्वाइ अरिन्तो । बर्खभरियाँ तेई टीकाओ दिन नएँ लुआ फेर्नी चलन थियो । दसैँयाँ बल्लबल्ल नएँ कप्डो फेर्न पाम्दा हर्खले मन फुरौला भअर नात्न थाल्तो । आफूले हराँ भिर्यो नएँ लुआफाटो सप्पैलाई देखाम्न गाम्भोरि डुलिन्थो । उन्ताका टीकाओ साइत हेर्नी अइलेयाअस्ता घडी थेनन् बाउ । टाढाअड डिडिम्म(डिडिम्म बन्नुक पड्काको आबाज पर्कस्टै सुनिन्तो । अन्त्याँसि बल्ल टीकाओ साइत सुरु भको मानिन्तो । अँसि घरपरिवारका सप्पैजना आउनाओ मन्निरको गुन्रीमाथि ओच्छाको दरीकाम्लाँ लहरै बसेर आफ्नो बौँसभोरिकै सब्भन्ना बूढापाकाओ हातअड टीका थापेर आसिक लिनी चलन थियो । घराँ टीकाटालाओ काम सकिएसि गाम्भोरि डुलिन्तो । कन्ने केटीहरूले टीकासँ पैसा नि पाम्ते। केटाहरू पैसा हात पार्न मावलीकाँ नै पुउनपर्तो ।

पैतलै हिनेर नाताले भेट्नीसँका सप्पै इष्टमित्रकाँ पुइन्तो । रातभोरि टीका लाउनेहरू बाटाँ आउजाउ अरिरहन्ते । टीका लार आसिकसँगै काँसओ जौतिलानीयो माने कटौराड एउरदुई पैसाओ ढ्याक दख्खिना पाम्दा सर्वस्वै पाझैँ हुन्तो । सुकी, मोहोर र रुप्याँको त कुरै नअरौँ, दख्खिना खुप्पै भए गाई पैसोसँ मत्रै दिन्ते । सिङ्गो मावलीगाम डुलीओरी साँझ घर फर्केर दख्खिना गन्दा एउ रुपियाँ ९सय पैसा पुराम्न सक्कियो भन्देखुन् बेपत्तै धेरै दख्खिना जम्मा भको मानिन्तो । टीका लार एउरदुई घर पर्साद खाएसि टन्न अघाइसकिन्तो । ‘म त अघाइसकेँ, केई नि खान्न’ भनेसि टीका लार पर्तेक घराड एकुन्टा जेउरे रोटी दिन्ते । पर्तेक घराँ देका जेउरे रोटी दुडै हाताँ चुरा लाझैँ अरेर पाखुराभोरि जम्मा बनार घर ल्याइन्तो । अन्त्याँसि पुर्नियाँ दिनसँ घाँस काट्न जाँदा साँझबिआन तेई रोटी ततार खाँदै जाँदा हुन काइदा हुन्तो र बाउ ?

हाउँरा पालाँ हाम्लाई त अम्सीया भोलिअल्ट देखुन्का पर्तेक दिन दसैँ भएझैँ लाम्तो । पर्तेक घर फूलपातीयो दिन देखुन्अडै रोटीका परिकार बनाम्न सुरु अर्ते । रातभोरि पिँडीयाँ ढिकीको ‘छक्ल्याङ्ठ्याङ्’ र जाँताको ुर्‍वाइँर्‍वाइँु आबाज सुन्ना साँच्चै दसैँ आएझैँ हुन्तो । तेस्तो चहलपहल हुनी दसैँ आजोलि काँ गओ होला ? म त छक्कै पर्चु गाँठे १ र्हे बा, मेरा आँताँ सौति छउन्जेल दसैँया बेला घराँ गोरसको कइल्यै कमी हुन्तेन । गोठाँ टनन्न डियाँहरू हुन्ते । दुदुइडा दुउना लइना भैँसी हुन्ते । बडाबडा ठेकाभोरि दही जमार तख्ताभोरि टनन्न बनार राख्तेँ । बट्टाबट्टाँ घिउ उत्ति हुन्थो ।

एत्तेरियाँ टोक्नी दसैँया मौकाँ घराँ मुहुरे र चिनी केरा कइल्यै टुट्दैन्तो । दैलामुन्तिर झालाहुँदि करेला र पट्पटी फुटेया पएँला काँक्राका लेखै हुन्नते । घिरिम्ला, चिचिन्ना, भेँडरी, खुर्सानी उत्ति फल्ते । सुन्ताला उस्तै हुन्ते । यो दसैँया बेला मैले बाख्राआ पाठा उत्ति बेत्थें । मुन्छेहरू ‘मान्खुले कान्छाबाका पाइन्च’ भन्दै काँ देखुन्अड सम्झेर हाउँरा घराँ आम्ते गाँठे । अइले त घराँ कस्का कन्नाको के हुनी हो ? पोडेया आजोलि दसैँया बेला घराँ केई भए मार्दिम् १ जम्मै वालिमतिरड थैलाँ पोको पारेर ल्याम्नपर्च बाउ ।

दशैं हजुरबा