विदेश

युक्रेनी राष्ट्रपतिसँगको फोनकल विवाद : ट्रम्पविरुद्ध अर्को उजुरी

युक्रेनी राष्ट्रपतिसँगको फोनकल विवाद : ट्रम्पविरुद्ध अर्को उजुरी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गरेको विवादास्पद फोन कलका विषयमा अर्का एकजना जानकारले पनि उजुरी गरेका छन् ।

मार्क जेइडले एबीसी समाचारसंस्थासँग कुरा गर्दै दोस्रा उजुरीकर्ता पनि जासुस अधिकारी भएको बताएका छन् । ह्वाइट हाउसले यसबारे कुनै प्रत्यक्ष टिप्पणी गरेको छैन । पहिलो उजुरीलाई राष्ट्रपति ट्रम्पले बारम्बार अस्वीकार गर्दै आएका थिए । दोस्रो उजुरीकर्ताका कारण राष्ट्रपति ट्रम्प र उनको पार्टी रिपब्लिकनको अवस्था झन् जटिल बनाउने दखिएको छ ।

युक्रेनी राष्ट्रपतिसँग ट्रम्पले बोलेका कुरा अनुचित भन्नेबारे अब एक होइन दुई उजुरीकर्ता देखा परेका छन् । साथै यी दोस्रो उजुरीकर्तासँग उक्त वार्तालापबारे प्रत्यक्ष जानकारी भएको जनाइन्छ ।