अपराध सुरक्षा

लागुऔषधसहित दुइ पक्राउ

लागुऔषधसहित दुइ पक्राउ

डडेल्धुरा । डडेल्धुरामा प्रहरीले लागूऔषध चरेससहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ७ भाटगाउँका २६ वर्षीय शेरबहादुर भण्डारी र वडा नम्बर ६ भालुमारेका ३८ वर्षीय बीरबहादुर वोहरा छन् ।

दशरथचन्द्र राजमार्ग अमरगढी ७ मा भण्डारीले चलाएको से ३ प ४५३१ मोटरसाइकल चेकजाँचका क्रममा भण्डारीको झोलाबाट सात सय ग्राम चरेस फेला परेको प्रहरी नायव निरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।