समाचार

तलेजु भवानीको मन्दिर आज खुल्ने

तलेजु भवानीको मन्दिर आज खुल्ने

काठमाडौँ । काठमाडौँको हनुमानढोकामा रहेको तलेजु भवानीको मन्दिर आज खुल्ने भएको छ । हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आजकै दिन मात्र खुल्ने प्रचलन छ ।

वर्षमा एक दिनमात्र खुल्ने भएकाले तलेजु भवानीको दर्शन एवं पूजा गर्न भक्तजनको भीड लाग्छ । तलेजु भवानी दर्शन गर्न गर्नेहरु आज विहानैदेखि लाइनमा रहन्छन् । लाइनमा बसेका सबैले दर्शन गर्न पाउँछन् ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने गर्छन् ।