समाचार

पत्रकार आचार्य रहेनन् 

पत्रकार आचार्य रहेनन् 

वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको ६१ वर्षको उमेरमा निधन भएको छ । कलेजोमा देखिएको समस्याका कारण उनको निधन भएको हो । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई सेवा गरेका उनी हाल न्यूज–२४ को समाचार प्रमुख थिए ।

आचार्यको उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । स्वर्गीय आचार्यको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम छ ।

स्वर्गीय आचार्यका  श्रीमती, एक छोरी छन् ।

राजेन्द्रदेव आचार्य