खेल

टी–२० मा नेपालको विजयी सुरुवात, हङकङ ४ विकेटले पराजित

टी–२० मा नेपालको विजयी सुरुवात, हङकङ ४ विकेटले पराजित

काठमाडौँ । पाँच देशको टी–ट्वान्टी श्रृङखलामा नेपालले हङकङलाई हराउँदै विजयी सुरुवात गरेको छ । नेपालले नेपालले हङकङलाई ४ विकेटले हरायो। हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले एक ओभर बाँकी छँदै ६ विकेटमा पुरा गर्यो।

नेपालको जितमा बिनोद भण्डारीले ५८ रनको शानदार अर्धशतकिय इनिङ्स खेले । ओपनरका रुपमा आएका कप्तान पारस खड्का पहिलो बलमै शून्यमा आउट भए भने पवन सर्राफ, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल पनि सस्तो स्कोरमा पेभिलियन फर्किँए । पवनले १० बलमा १० रन, दिपेन्द्रले ११ बलमा ६ रन र रोहितले ६ बलमा ५ रन बनाएका थिए ।

३६ रनको स्कोरमा ४ महत्वपूर्ण विकेट नेपालले गुमाइसकेको थियो । तर विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले ४८ बलमा ५८ रन बनाउँदै नेपाललाई जितको दरिलो आधारशीला पेश गरेका थिए । खेलमा विनोदलाई साथ दिएका आरिफ शेखले २४ बलमा २१ रन बनाए । नेपाललाई जितका लागि १२ रनमा ११ रन आवश्यक भएकोमा विनोदले १८ औं ओभरको पाँचौं बलमा छक्का हान्दै आफ्नो अर्धशतक पुरा गरे भने छैटौं बलमा २ रन लिँदै नेपाललाई जित दिलाएका थिए।

यसअघि टस जितेर पहिले बलिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । नेपालले दोस्रो खेलमा नेदरल्याण्डसँग सोमबार खेल्नेछ । यस्तै आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ ।

ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।