मनोरञ्जन

'लक्ष्मी बम्ब' मा अक्षय, रातो साडीमा यस्ता देखिए !

'लक्ष्मी बम्ब' मा अक्षय,  रातो साडीमा यस्ता देखिए !

एजेन्सी- एक पछि अर्को गर्दै लगातार हिट फिल्म दिदै आइरहेका बलिउड अभिनेता अक्षय कुमार  आफुलाई क्यारेक्टरमा डुबाउन जुनसुकै भूमिका पनि गर्न पछि हट्दैनन्। केहि समय अघि मात्र उनि अभिनित चलचित्र मिशन मंगल प्रदर्शनमा आएको थियो जुन चलचित्रलाई दर्शकको राम्रो साथ मिलेको थियो।  त्यस्तै केहि दिन अघि मात्र उनि अभिनित चलचित्र हाऊसफुल ४ को ट्रेलर सार्वजनिक भएको छ।  जुन फिल्म दिपावलीको अवसर पारेर अक्टोबर २६ मा प्रदर्शनमा आउने तयारीमा रहेको छ।  

यसै बीच अक्षयले  प्रदर्शनको क्रममा रहेको चलचित्र लक्ष्मी बम्बको लुक शेयर गरेका छन।  जुन तस्बिरमा अक्षयलाई रातो साडी , हातमा रातो चुरा , निधारमा ठुलो टिका र घाँटीमा माला लगाईएको देखिएको छ।  

सामाजिक संजालमा तस्बिर शेयर गर्दै अक्षयले क्याप्सनमा लेखेका छन 'नवरात्र आफुभित्रको भगवानको सामु नतमस्तक हुने र आफ्नो असिमित क्षमतलाई उजागर गर्ने मौका हो त्यसैले यसै शुभ अवसरमा मैले मेरो  लक्ष्मी लुक शेयर गरेको छु'। 

यसका अलवा अक्षय गुड न्यूज, सूर्यवंशी र पृथ्वीराज सरीखी लगायतका फिल्ममा देखिदै छन।  

 

रातो साडीमा अक्षय