खेल

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा जिम्बाबेको जित , नेपाल दोश्रो स्थानमा !

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा जिम्बाबेको जित , नेपाल दोश्रो स्थानमा !

काठमाडौँ , त्रिकोणीय टी–२० अन्तर्राष्ट्रिय सिरिज जिम्बाबेले जितेको छ।  नेपाल, सिंगापुर र जिम्बावे सम्मिलित यस सिरिजको आज भएको अन्तिम खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बाबे शिर्ष स्थानमा आएको हो।  

नेपाललाई २ खेल र सिंगापुरलाई १ खेलमा हराएको जिम्बावे ६ अंक सहित शीर्ष स्थानमा रहन पुग्यो।  जिम्बावेविरुद्धका दुवै खेलमा पराजित नेपालले सिंगापुरलाई पहिलो खेलमा हराएको थियो। दोस्रो खेलमा भने वर्षाले रद्द भएको थियो। 

सिरिजका आफ्ना खेल सकिएपछि नेपाली टिम बिहीबार सिंगापुरबाटै श्रीलंकन एयरल्यान्ससबाट ओमान गएको थियो। ओमानमा हुने प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन्।