भिडियो कभर स्टोरी अन्तरवार्ता

महरा प्रकरणले सबैलाई लज्जित बनाएको छ  (भिडियोसहित) 

महरा प्रकरणले सबैलाई लज्जित बनाएको छ  (भिडियोसहित) 

सुरुमा त म ‘सक्ड भएँ’
पत्याउने कठिन भयो 
यो अरु कोही कृष्ण महरा हुनुपर्छ, या कुनै फिल्मको ‘स्टोरी’ हो । 

तर, सामाजिक संजाल र अनलाइन मिडियाहरु एकपछि अर्को गर्दै हेर्दै गएँ । दोस्रो दिन पार्टीको केन्द्रीय सचिवालय बैठकले पनि निर्णय गर्यो । सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनुभयो । उहाँ दोषी हो वा होइन भन्ने कुरा छानबिनको निष्कर्ष आएपछि मात्रै थाहा हुन्छ । अहिले हतारमा बोल्न मिल्दैन । पीडित भनिएकी महिला रोशनी शाहीको बयान पनि फरक–फरक आएको छ । मलाई अहिले पनि पत्याउन गाहे छ । 

यो भनाइ नेकपा सांसद सरिताकुमारी गिरीको हो । पहिलो पटक सुन्दा जति आश्चार्य लागेको थियो अहिले पनि महराबाट त्यो काम भए जस्तो लाग्दैन । उनी निकै शालिन र भद्र व्यक्ति हुन् । उनको व्यवहार पनि त्यस्तै राम्रो थियो । तर, एकाएक यस्तो सुन्नु पर्यो, यो घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ । 

दोषी महरा वा रोशनी ?

गल्ती महराको भए कानुन बमोजिम दण्डनीय हुन्छन्, होइन रोशनीले गल्ती गरेकी हुन भने उनी पनि कारवाहीको दायरामा आउनुपर्छ । जे भएपनि यो शोभनीय विषय होइन । यसले सबैलाई लज्जित बनाएको छ । 

महिला हिंसा वा भनौ यौन दुव्र्यवहारको घटना सबैको सरोकारको विषय हो । अझ महिला सांसदहरुले त यसमा विशेष ध्यान दिनुपर्छ । अहिले संसद बन्द भएपनि अनौपचारिक रुपमा महिला सांसदहरु यसतर्फ गम्भीर हुनुपर्छ । सभामुखबाटै संसद सचिवालयको कर्मचारी प्रताडित हुनु सामान्य विषय होइन ।

नयाँ सभामुख को ?

सभामुखबाट राजीनामा दिएपछि नयाँ सभामुख आउनुु स्वाभाविक हो । संसद्को अर्को अधिवेशनमा यस सम्बन्धी निर्णय हुनेछ । सत्तारुढ दल नेकपाले सबै दलहरुसंग आवश्यक परामर्श र छलफल गरी संविधानको व्यवस्था बमोजिम सभामुखको चयन गर्नेछ । 

संविधानको व्यवस्था अनुसार सभामुख र उपसभामुख एउटै दलबाट हुन पाउँदैनन् । यसरी हेर्दा उपसभामुख नेकपाको भएपछि सभामुख अन्य दलबाट हुनुपर्ने हुन्छ । नेकपाले उपसभामुखलाई समेत राजीनामा गराई सभामुख आफैंले लिएर उपसभामुख अन्य दललाई दिने खेल पनि खेल्न सक्छ । 

प्रदेश २ भ्रष्टाचारको अखडा 

सप्तरीबाट प्रतिनिधित्व गर्ने सांसद गिरीका अनुसार मुलुकका सातवटै प्रदेश मध्ये प्रदेश २ को सरकार सबैभन्दा बढी भ्रष्ट छ । यो प्रदेशलाई भ्रष्टाचारको अखडा भनेपनि हुन्छ । 

गिरी भन्छिन्, ‘अहिले प्रदेश २ का जनप्रतिनिधि चुनावमा भएको खर्च असुल्न लागेका छन् । विकास र समृद्धितर्फ कुनै चासो छैन । जनभावनाको खिल्ली उडाइएको छ । उनीहरुलाई जनताका समस्या समाधान गर्ने, विकासका काम गर्ने फुर्सद नै छैन । वास्तवमा भन्ने हो भने प्रदेश २ भ्रष्टाचारको अखडा बनेको छ । ’

केन्द्रदेखि बाँकी प्रदेश नेकपा नेतृत्वमा चलेको तर प्रदेश २ मा समाजवादी पार्टी र राजपाले चलाएको छ । यो प्रदेशमा नेकपाले केही गर्न खोज्यो भने हस्तक्षेपको आरोप लगाउने गरेका छन् । तर, यो बेथिति प्रधानमन्त्रीले धेरै दिन हेर्नु हुँदैन । 

सामाजिक संजाल