मनोरञ्जन

'आमा' को फर्स्ट लुक सार्वजनिक, सुरक्षालाई यस्तो देखियो !

'आमा' को फर्स्ट लुक सार्वजनिक,  सुरक्षालाई यस्तो देखियो !

काठमाडौँ।  दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र 'आमा' को फर्स्ट लुक सार्वजनिक भएको छ।  पोस्टरमा नायिका सुरक्षा पन्तलाई कपाल मुण्डन गरेको देखिएको छ।  पोस्टर रिलिजसंगै चलचित्र मन छुने र सामाजिक कथामा निर्माण भएको धेरैले अड्कल लगाएका छन।   

नेपाली समाजमा छोरीले आमा–बुबाको निधनपछि दागवत्ती दिन हुदैन भन्ने चलन छ तर, चलचित्रले यो प्रथाको विरुद्धमा बोलेको पोष्टर हेर्दा अनुमान लगाउन सकिन्छ । दिपेन्द्र कै निर्देशन , कथा र छायांकनमा निर्माण भएको यस चलचित्रमा अभिनेत्री मिथिला शर्मा मुख्य भूमिकामा रहेकी छिन।  

शर्मिला पाण्डे निर्माता रहेको 'आमा' फागुन ९ गते शिवरात्रीको दिनदेखि देशभर प्रदर्शन हुने तयारीमा रहेको छ।