अर्थ

आज पनि बढ्यो सुनको मुल्य , कति पुग्यो !

आज पनि बढ्यो सुनको मुल्य , कति पुग्यो !

काठमाडौँ , बिहिवार सुनको मुल्य ११ सय रुपियाले बढेको  छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७० हजार ९ सय  रुपैयाँमा कारोवार भईरहेको छ।  

बुधवार सुनको मुल्य  ६९ हजार ८ सय रुपैयाँ प्रतितोला थियो ।त्यस्तै आज तेजावी सुन  ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।  

सुनको भाउ बढेसंगै चाँदी पनि प्रतितोला १५ रुपियाँले बढेर ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।