मनोरञ्जन

एसिड पिडित मुस्कानलाई अमिताभको भिडियो संदेश !

एसिड पिडित मुस्कानलाई अमिताभको भिडियो संदेश !

काठमाडौँ ,  गत भदौ २० गते एसिड आक्रमणमा परि घाइते भएकी बिरगंजकी  मुस्कान खातुनलाई बलिउड अभिनेता अमिताभ बच्चनले भिडियो संदेश पठाएका छन।  हाल किर्तिपुर अस्पतालमा उपचारत मुस्कानलाइ अमिताभले 'हिम्मतवाली बालिका' को उपमा दिएका छन।  

अमिताभलाई यस कुराको जानकारी मुस्कानको उपचारमा सघाईरहेका उज्ज्वल बिक्रम थापाले गराएका हुन्।  उज्ज्वल विक्रम थापा एसिड आक्रमणबाट पीडित भएकी मुस्कान खातुनको उपचारमा अनवरत क्रियाशील रहेकोमा प्रशंसा र धन्यवाद व्यक्त गर्दै भिडियो सन्देश मार्फत खातुनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

 साथै दोषीलाई नेपालको तोके अनुसारको कानुनी सजाय दिनुपर्ने पनि माग गरेका छन।  

उनले भनेका छन 'मुस्कान तपाईको नाम जस्तै तपाईको मुहार  सधै मुस्कान छाईरहोस , 'तपाईमाथि जे भयो त्यो निकै दर्दनाक भयो निकै दुख लाग्यो तपाई छिट्टै निको हुनुहोस '' 

यो भन्दा अघि पनि बलिउडका अभिनेता बरुण धवनले मुस्कानलाई भिडियो संदेश पठाएका थिए भने बलिउड अभिनेत्री कृति सेननले पनि मुस्कानलाई भिडियो कल मार्फत शिघ्र स्वास्थ्य लाभको कमान गरेकी थिइन्।