विदेश

चिनियाँ राष्ट्रपतिको सन्देश– ‘त्यो घटनापछि म अरुको भलाई सोच्न थालेँ’

चिनियाँ राष्ट्रपतिको सन्देश– ‘त्यो घटनापछि म अरुको भलाई सोच्न थालेँ’

म सानो छँदा ज्यादै स्वार्थी थिएँ । सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें । फलतः मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे। मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ, सधैं अरुलाई दोष दिएँ र उनीहरूको निन्दामात्र गरें ।
जीवनमा अपनाउनु पर्ने तीन कुरा मेरा बाबुले मलाई सिकाउनुभयो ।

एक दिन मेरा बाबुले दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमा राख्नुभयो। एउटा कचौरामाथि एउटा अन्डा थियो, अर्को कचौरामाथि अन्डा थिएन। बाबुले मलाई एउटा कचौरा रोज्न दिनुभयो। उस बखत आकलझुकलमात्र अण्डा खाने अवसर जुथ्र्यो -चाडपर्वमा वा नयाँ वर्षमा । मैले सहजै अण्डा भएको कचौरा छानें । जब हामीले चाउचाउ खान थाल्यौ, मैले आफ्नो छनोटप्रति आफूलाई बधाई दिंदै खुसी हुँदै अण्डा खाएँ । मेरा बाबुले चाउचाउ खाँदै गएस उनको कचौराको पिंधमा चाउमीनमुनि दुइटा अण्डा देखियो l मलाई ज्यादै पश्चाताप भयो l आफूले हतार गर्दै कचौरा छानेकोमा मलाई आफै देखी रिस उठ्यो।

मेरा बाबुले मुस्कुराउँदै मलाई भन्नुभो— ‘प्रिय छोरो, तिमीले बुझ्नु पर्छ, तिम्रा आँखाले देखेका कुरा सधैं सत्य नहुन पनि सक्छन् । यदि तिमी अरुबाट फाइदा उठाउने उद्देश्य राख्छौ भने अन्ततः तिमी गुमाउने छौ ।’

अर्को दिन मेरा बाबुले फेरि दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमाथि राख्नुभयो— पहिलेजस्तै एउटा कचौरा माथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन ।
बाबुले मलाई भन्नुभयो – पुत्र, कुनचाहिँ कचौरा लिन्छौ, रोज ?

यसपटक म चनाखो भएँ। मैले कचौरामाथि अण्डा नभएको चाहिँ कचौरा छानें र फुर्कँदै चाउचाउ खोतलेर हेरें । कचौराको पिंधमा एउटा पनि अण्डा थिएन । मेरा बाबुले मुस्काराउँदै मलाई भन्नुभयो, छोरा, तिमीले सधैँ अनुभवमाथि भर पर्नु हुँदैन किनभने कहिलेकहीं जीवनले धोखा दिन या छल गर्न सक्छ । तर तिमी रिसाउनु वा दुःखी हुन हुँदैन ।

यसलाई तिमीले एउटा शिक्षाको रुपमा ग्रहण गर्नु पर्छ । यो पाठ तिमी पाठ्यपुस्तकबाट सिक्न सक्तैनौ ।
मेरा बाबुले तेस्रो दिन फेरि दुई कचौरा चाउमीन पकाउनुभयो— एउटा कचौराको माथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन । बाबुले कचौरा टेबुलमाथि राख्दै मलाई भन्नुभयो– ‘प्रिय पुत्र, चाउमीनको एउटा कचौरा रोज, कुनचाहिँ कचौरा लिन्छौ ?’

यसपटक मैले बाबुलाई भनें– ‘बाबा, कचौरा तपाईं रोज्नुस् । तपाईं घरमुली हुनुहुन्छ । परिवारमा सबैभन्दा बढी योगदान तपाईंकै छ ।’
मेरा बाबुले नाई नास्ती नगरी एउटा अन्डा भएको कचौरा छान्नुभयो ।

मैले आफ्नो भाग चाउचाउ खाँदै गर्दा मनमनै सोचें– ‘पक्का पनि यसपटक मैले अण्डा गुमाएँ ।’ तर मैले चाउचाउ खाँदै जाँदा कचौराको पिंधमा चाउचाउले छोपिएको दुइटा अण्डा देखेर म आश्चर्यमा परें ।

मेरा बाबुले प्रेमपूर्वक मलाई हेरेर मुस्कुराउँदै भन्नुभयो– ‘प्रिय पुत्र, तिमीले बुझ्नु पर्छ । जब तिमी अरुको भलाइको बारेमा सोच्छौ स्वाभाविक रुपमा तिम्रो पनि भलो हुनेछ ।’

त्यो दिनपछि, मैले सधैँ मेरा बाबुले भन्नुभएको यी तीन कुरालाई जीवनमा अपनाएको छु– ‘मैले गर्ने हरेक कर्ममा सर्वप्रथम म अरुको भलाइ सोच्छु ।’

चिनियाँ राष्ट्रपति सी जिनपिङ