स्वास्थ्य

उमेरै नपुगी कपाल फुलेर तनावमा हुनुहुन्छ? त्यसो भए अपनाउनुस् यी उपाय

उमेरै नपुगी कपाल फुलेर तनावमा हुनुहुन्छ? त्यसो भए अपनाउनुस् यी उपाय

उमेर नपुग्दै कपाल फुल्ने समस्या प्राय कम मानिसमा देखा पर्छ । कसैको बंशाणुगत गुणले गर्दा यो समस्या देखा पर्छ भने कसैको हर्मोनको कारण । जसले गर्दा मानिसमा एक प्रकारको तनाब हुन्छको स्थिति सिर्जना हुन्छ। 

यो समस्याबाट छुटकारा पाउन अधिकांशले कस्मेटिक सामानका प्रयोग गर्ने गर्छन् । जसले गर्दा यिनीहरूमा पाइने रसायनले कपालमा झन् बढी नकारात्मक असर पर्छ । तसर्थ, यसको लागि घरेलु उपाचार गर्नुपर्छ । सकेसम्म आफ्नै भान्सामा पाइने वस्तु प्रयोग गर्न आवश्यक छ । 

नरिवलको तेलमा कागतीको रस मिसाएर मसाज गर्ने । यसरी मसाज गरेको एक घन्टामा धुनुपर्छ ।

त्यस्तै, कपालमा नियमित बदाम र नरिवलको तेल लगाउन सकिन्छ । यसले कपाल फुल्ने मात्र नभएर रुखो हुने समस्याबाट समेत बच्न सकिन्छ । 

अमलाको रस निरन्तर कपालमा लगाएमा सेतो कपाल कालो हुन्छ ।

कपालमा काँचो मेवा र कालो तिलको रस प्रयोग गर्न सकिन्छ ।

साथै कपाल स्वस्थ राख्न भिटामिन, मिनरल्स, फलाम (आइरन), कपर प्राप्त हुने पोषणयुक्त खानेकुरा खानुपर्छ । जसका लागि माछा–मासु, ग्रिन टी, सागपात, गाँजर, मेवा, अंगुर आदि खान आवश्यक छ ।

कपाल फुल्नु