राजनीति

अनशन बस्छु-प्रचण्ड

अनशन बस्छु-प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मधेसमा सडक तथा पूर्वाधार निर्माणका सवालमा भइरहेको ढिलाईविरुद्ध आफैं अनसनमा उत्रिन सक्ने चेतावनी दिएका छन् ।

बुधबार महोत्तरीको पिपरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सडक लगायतका पूर्वाधार निर्माणका विषयमा वर्तमान सरकार गम्भीर रहेको पनि बताए ।

प्रधानमन्त्री आफैंले समृद्धिको नेतृत्व गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले निर्माणाधीन अवस्थामा रहेका सडकको काम युद्धस्तरमा अगाडि बढाइने पनि बताए ।

महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष चयनका लागि हुने निर्वाचन केन्द्रित भएर नेकपाले बुधबार पिपरामा छठ पर्वको अवसरमा एउटा कार्यक्रम आयोजना गरेको थियो ।