समाचार मनोरञ्जन

अभिनेत्री निया शर्माको लेहेङ्गामा आगो

अभिनेत्री निया शर्माको लेहेङ्गामा आगो

दिवाली मनाउने क्रममा भारतीय एक चर्चित टिभी अभिनेत्री निया शर्माको लेहेङ्गामा आगो लागेको छ ।

दिवालीको पार्टीमा उनले लगाएको लेहेङ्गामा आगो सल्किएको थियो । कपडामा आगो सल्किए पनि ठूलो दुर्घटना हुनबाट भने उनी बच्न सफल भएकी छिन् ।

दिवाली पार्टीमा बालिएको दियोले निया शर्माको लेहेङ्गा जलेको हो । उक्त जलेको लेहेङ्गा नियाले इन्स्टा स्टोरीमा सेयर गरेकी छन् ।

नियाले आफू कसरी ठूलो दुर्घटना हुनबाट बच्न सफल भइन् भन्ने कुरामा अझैं विश्वास गर्न सकिरहेकी छैनन् । उनले जेलेको लेहेङगाको तस्वीर सेयर गर्दै क्याप्शनमा लेखेकी छन्–‘दियोको ताकत ।

उक्त पार्टीमा निया सिल्बर कलरको सुन्दर लेहेङगा लगाएकी थिइन् । उनको सो लेहेङ्गा मिरर वर्कले डिजाइन गरेको थियो ।