मनोरञ्जन

बिवाह गर्दै अभिनेत्री काजल अग्रवाल

बिवाह गर्दै अभिनेत्री काजल अग्रवाल

एजेन्सीः काजल अग्रवाल तामिल र तेलुगु फिल्मकी चर्चित अभिनेत्री हुन् ।

सन् २००४ मा बलिउड फिल्म ‘क्यूँ, हो गया ना’ बाट अभिनयमा ब्रेक पाए पनि काजल दक्षिण भारतीय फिल्ममा भने सबैको नजरमा परिन् ।

हालसम्मकै सर्वाधिक कमाइ गर्ने तामिल फिल्म ‘मगधीरा’ की नायिका काजल पछिल्लो पटक बलिउडमा ‘सिंघम’ र ‘स्पेसल २६’ मार्फत् दर्शकमाझ आएकी थिइन् ।

सुन्दर अभिनेत्रीका रूपमा समेत चिनिने काजलले हालै आफू बिहेका लागि तयारीमा रहेको बताएकी छन् ।

एक कार्यक्रममा बोल्दै ३४ वर्षीया कागजले बिहेको प्रस्ताव स्वीकार गरिसकेको र छिट्टै बिहे गर्ने योजनामा रहेको खुलासा गरेकी छन् ।

‘हो, अब छिट्टै बिहे गर्नेछु,’ काजलको बिहे धारणा उनकै ‘बाहुबली’ को–स्टार प्रभासको बिहे चर्चा लगत्तै आएको छ ।

कतिपयले त प्रभासले काजलसँग नै बिहे गर्न सक्नेसम्मको सम्भावना व्यक्त गरेका थिए । त्यसो त काजललाई कुन अभिनेतासँग बिहे गर्ने चाहना छ भन्ने सवालमा उनले पनि प्रभासकै नाम लिएकी थिइन् ।

काजल अग्रवाल