राजनीति

सरकारले जनतालाई दुःख मात्र दिइरहेको छ : देउवा

सरकारले जनतालाई दुःख मात्र दिइरहेको छ : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारले जनतालाई दुख दिन र अधिकार खोस्न विभिन्न कानुन ल्याएको आरोप लगाएका छन् ।

भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले देश अत्यन्त अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको धारणा राखे ।

उनले उपभोक्तको नाउँमा सरकारले ठूलो भ्रष्टाचार गरेको बताउँदै त्यसको जवाफस्वरुप आगामी उपनिर्वाचनमा जनताले नेपाली काँग्रेसलाई जिताउनुपर्छ भने ।

पार्टीलाई विजयी गराउन सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो ।