कला साहित्य

‘म बर्वाद भएँ, न जापान छोड्न नै सक्छु, न यहाँ बस्न नै’

‘म बर्वाद भएँ, न जापान छोड्न नै सक्छु, न यहाँ बस्न नै’

घामका किरणहरु धर्तिसम्म पर्न दिएको थिएन कालो बादलले । जाडो महिनाको  सुरुवाती भएर होला, घामका किरणहरु धर्ति सम्म आइनपुग्दा चिसो चिसो महसुस भैरहेको थियो । नेपालीहरुको महान चाड बिजया दशमी सकिएसंगै काठमाडौँमा भिडभाड र चहलपहल बढ्दो थियो । गाडीहरु  हजारौंको संख्यामा गुडिरहेका थिए , अनि मानिसको भिडले बाटो हिड्न समेत हम्मे हम्मे थियो ।

गाडीले चर्को स्वरमा हर्न मारेसंगै गाडीका सह चालक कराउदै थिए , माईतिघर, बानेश्वर कोटेश्वर, थिमी ।  

"ओ  दाई जाने हो ?" मैले टाउको हल्लाएसंगै गाडी रोकियो ।

 गाडीको उल्टो सिटमा खालि रहेछ,त्यहि बसें । गाडी बस पार्क हुदै बानेश्वर कोटेश्वतर्फ अगाडी बढ्यो । गाडीका सहचालक कराउदै थिए उस्तै गरि........

गाडी जामहरु छिचोल्दै माईतिघर पुगेको थियो । एक जना अनुहारमा चमक लिएर खुसि देखिने मुद्रामा गाडीमा पसे । "अलि पर सर्नुस न," म अलि पर सरें ।  अनि उनि पनि संगै बसे । 

उनको अनुहारमा देखिएको चमक र खुसीले सजिलै अनुमान लगाउन सकिन्थ्यो , उनले जिवनमा ठुलो सफलता हाँसिल गरेका छन् । त्यत्तिकैमा आवाज आयो, "अरे तिमि पनि यहि गाडीमा छौ ? फ्लाईट कति बजेको छ नि ? अनि पैसा साट्यौ

त ?" ड्राईभर निरैको अगाडिको सिटबाट एउटा युवतीको आवाज सुनियो । "अँ यहि छु त , भोलि बेलुका ९ बजेको फ्लाईट

छ, अँ साटें नि तपाईले साट्नु भो ?" 

 "छैन नि ।" 

"म त्यहि साट्न हिंडेको । अनि कहाँ साट्यौ तिम्ले ?"

 "मैले बागबजारमा साटें ।"

 "अनि के के लान पाईन्छ नि दाई ?"

 यस्तै यस्तै कुराहरु चल्दै थियो । उनीहरुको बोलिमा यति खुसि झल्किन्थ्यो, अनि अनुहारमा यति चमक थियो कि लाग्थ्यो ति दुईले संसार जितेछन । म चुप चाप सुन्दै गएँ । स्टुडेन्ट भिसामा उनीहरु जापान पो जादै रहेछन ।
उनीहरुको कुराले मेरो बाल्यकाल देखिको साथीको याद दिलायो । जापानको भिसा लाग्दा उ पनि यसै गरि खुसि  भएको थियो ।

 भन्थ्यो "संसार जितेसरी महसुस भएको छ , म जापान जादै छु नि यार ।"  मैले "ओ हो ल बधाई  छ , गएर राम्ररी पढ अनि पैसा कमा ।"

 "हुन्छ म पैसा कमाएर आउछु अनि केहि बिजनेस गर्छु । 

अब  दुखका दिन गए" खुसिका दृश्यहरु उसका अखा अगाडी झाल्किदै थिए । 

नभन्दै केहि समय पछि उ जापान जाने तयारीका साथ् सुटकेस बोकेर भेट्न आयो । अनि गयो पनि ।

केहि महिना पछि कल आयो । मैले पनि खुसि हुदै कल रिसिभ गरे ।

 "ओई कस्तो छ हँ जापान ? पढाई कस्तो छ ? काम पाईस ?"

 मेरो प्रश्न माथि प्रश्नहरु थपिंदै गए । उसको उत्तर थियो ,

"के भन्ने यार , नेपालमा काजी बनेर बसेको, यहाँ आएर पाजी भएको छु । देखा सिखी गरेर आए बर्बाद भएँ, न खानाको ठेगान छ , न सुत्नाको ।"

मैले भनें , "एकै चोटी कहाँ हुन्छ त, बिस्तारै हुन्छ , धैर्य गर ।"

मैले सोचें, गफ लगायो होला । तर उसको यस किसिमको प्रतिक्रियाले भने मनमा एक किसिमको वेचैनी भैरहेको थियो ।

अरु साथीहरुसंग पनि बुझ्न कुरा गरें । सबैका उस्तै खाले पिडा भोगाइको कथाले कता कता झस्काइदियो ।  मेरो पनि उद्देश्य त् जापान जाने नै थियो ।

ति उत्साहित स्टुडेन्ट भिसा लागेकाहरुको अनुहारको चमक आँखामा आईरहेको थियो । मन मनै सोच्दै थिएँ, 
"यहि अनुहार कस्तो देखिन्छ होला जापान पुगे पछि ?"

 यत्तिकैमा मोवाईलको घन्टी बज्यो । "ओई त कहाँ हो ? चिया खान आईजो ।"
 

म हुन्छ भन्दै कफी सपतिर लम्कें । कफी पिउदै एउटा साथी मोवाईल चलाउदै थियो । "ओहो जापानिज लाहुरे अनलाईन आयो, कल गर्छु है ।"

 त्यो कुराले म नि खुसि भएँ । 'बल्ल मेरो मनको खुल्दुली मेटिने भयो । साथीले जापानको बारेमा भन्ने भयो, पैसा नि कमायो होला , पढाई नि अगाडी बढायो होला ।'
 

सोच्दै.... , "गर न गरिहाल , मैले भनें ।"
 कल गरेसंगै रिसिभ गर्यो ।
 "के गर्दै छस हँ ?" 

जवाफ दियो, "पेट पाल्ने जोहो गर्दै छु यार"
सुपर मार्केटमा काम गर्दै गरेको दृश्य थियो । यस्तै यस्तै कुराहरु लामै चले ।
 

"अनि पैसा कमाईस होला । कहिले आउँछस नि नेपाल ? कि आउन मन छैन ?"

"खै यार म बर्वाद भएँ । न यहाँ बस्न नै सक्छु, न नेपाल फर्कन नै ,,,,, मेरो जीवन नै बर्वाद भयो । नेपाल बसेर पढ्दै केहि गरेको भए कहाँ अगाडी बढी सक्थे होला । खुसि खोज्न आएको म दुख बाहेक केहि पाईन ।"

"म त सहन्थे, तर दुख गरेर पढाउने र अनेक सपना सजाएर छोराको कमाई खाने आसमा मलाई यहा पठाउनु भएका बाबु आमालाई के जवाफ दिउँ? न म आफ्नो दुख देखाएर नेपाल फर्किन नै सक्छु, न यहा बसेर उहाँहरुको खुसि देख्न नै ।"

"म पनि आउँ कि भनेको भाषा पढ्दै छु के गरौँ ?"
 "प्लिज नआईजो । त्यहि केहि गर, यहा गर्ने दुखले त् त्यहाँ सुन फल्छ । बरु च्याउ खेति , बाख्रा पालन, कुखुरा पालन,

ब्यापार विजनेश गर तर यहाँ अनेक सपना सजाएर नआईजो । मेरा सपना त सिसा जस्तै फुटेका छन् । सपना देख्न छाड । म काम गर्छु नि है।" संगै कल राख्यो ।

मैले खोजेको जवाफ पाएँ । अनि देशका युवाहरु सुखी हुने बाहानामा आफैंलाई फसाउदै छन् भन्ने पनि बुझे । ति अनुहारको खुसि र संसार जितेको जस्तो बोलिहरु पनि क्षणिक हुन्। युवाहरु पहाड जत्रा सपना सजाई विदेशिएर वेक्कार आफ्नो जवानी र समय बर्बाद गर्दै छन्।

त्यसैले युवा हो आफ्नै देशमा केही गरौं।लाखौं लाख खर्च गरि वाहिरिएर आफ्नो भित्री आत्मालाई दुखी नवनाउँ । एकपटक सोचौं त, आफ्नै देशमा बसेर उद्यम गर्दा आफुखुसी, परिवार खुसी, अनि देश सम्वृद्ध । तपाई जस्ता युवाहरु देशकै लागी खाँचो छ।

- अशोक बजगाँई

बिदेशिएका युवाको पिडा