अर्थ

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी?

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी?

काठमाडौंः बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । 

बुधबार प्रतितोला ७० हजार ४ सय पुगेको सुन आज पनि त्यहीँ मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै आज तेजावी सुन पनि ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि तेजावी सुन प्रतितोला त्यही मूल्यमा कारोबार भएको थियो ।  

चाँदीको भाऊमा पनि आज कुनै घटबढ भएको छैन । बिहीबार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।  

मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघ