अर्थ

चिनसँगका सम्झौता : हुन्न पालना 

चिनसँगका सम्झौता : हुन्न पालना 

काठमाडौँ । गतवर्ष असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणका क्रममा नेपाल पस्मिना उद्योग संघ र ओबोर परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्लेटफर्मबीच २ लाखदेखि ५ लाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भयो ।

पस्मिना संघका अध्यक्ष दुर्गाविक्रम थापा र चिनियाँ ओबोर अन्तर्राष्ट्रिय व्यापार परियोजनाका अध्यक्ष शु याबीच त्यसबेला हस्ताक्षर भएको थियो । तर सम्झौता भएको यत्रो वर्ष बितिसक्दा पनि चीन हालसम्म चीनले एउटै पस्मिना लिएको छैन न त कुनै अर्डर नै लिएको छ । पस्मिना नलिएको प्रति संघले असन्तुष्टि जनाउँदै आएको छ र सम्झौता पालनामा ठूलो शंका रहेको जनाएको छ ।

पस्मिना एउटा उदाहरण मात्र हो । यस्ता कैयन् सम्झौता उच्चपदस्थको भ्रमणका क्रममा हस्ताक्षर भएपनि समयक्रमसँगै रद्धीको टोकरीमा पुग्ने गरेका छन् । नेपाली पक्ष भने त्रिपालमा चित्त लगाउँदै बसेकाे छ । गत महिना चिनिया विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा ५ हजार थान त्रिपाल मागेपछि नेपाली पक्षको सर्वत्र आलोचना भएको थियो ।