अर्थ

सुन मूल्य बढ्यो, कति पुग्यो ?

सुन मूल्य बढ्यो, कति पुग्यो ?

काठमाडौँ।  बुधवार नेपाली बजारमा सुनको मुल्य २ सय रुपियाँले बढेको छ।  

मंगलवार प्रतितोला ७० हजार २०० मा कारोवार भएको सुनको मुल्य बुधवार बढेर ७० हजार ४ सयमा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

त्यस्तै तेजावी सुन भने बुधवार प्रतितोला ७० हजार १०० मा कारोबार भईरहेको छ।  

सुनको भाउ बढेसंगै यो साता चाँदीको मुल्यमा भने कुनै घटबढ भएको छैन।  आज चाँदी प्रतितोला ८५० रुपियाँमा कारोवार भईरहेको महासंघले जनाएको छ।