अर्थ

पाइपलाइनबाट तेल ढुवानी, नोक्सानी शुन्य

पाइपलाइनबाट तेल ढुवानी, नोक्सानी शुन्य

काठमाडौँ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ ढुवानी गरिएसँगै ढुवानीको क्रममा हुने नोक्सानी अन्त भएको छ । आयल निगमका अनुसार ढुवानीका क्रममा हुने तापक्रम, चुहावटका कारण इन्धन नोक्सान भइरहेको थियो । भदौ २४ गतेदेखि औपचारिक रुपमा पाइपलाइनबाट ढुवानी भएपछि नोक्सानी अन्त भएको हो ।

ट्याँकरबाट ढुवानी हुँदा तापक्रमका कारण केही प्रतिशत लस हुने, ग्यासबाट लिक भएर जाने गरेको भएपनि पाइपबाट ढुवानी हुँदा क्षति नभएको अमलेखगन्ज डिपो प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए ।

उनी भन्छन् –‘ढुवानीमा ‘जिरो लस छ ।’ ट्यांकरबाट ढुवानी गर्दा तापक्रमसँगै इन्धन चोरी पनि हु्ँदै आएको भएपनि अहिले नोक्सानी शुन्य बनेको जानकारहरु बताउँछन् । 

६९ किलोमिटर मोतीहारी–अमलेखगन्ज पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय (क्रसबोर्डर) पाइपलाइन हो ।गत भदौ २४ गते पाइपलाइनको प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । पाइपलाइनबाट अहिले डिजेल ढुवानी थालिएको छ ।