मनोरञ्जन

घामड शेरेको पहिलो गीत 'शालि मन पर्यो' सार्वजनिक (भिडियोसहित )

घामड शेरेको पहिलो गीत 'शालि मन पर्यो' सार्वजनिक (भिडियोसहित  )

काठमाडौँ  , कत्तिक ८ गतेदेखि  प्रदर्शनमा आउन लागेको चलचित्र 'घामड शेरेको' 'शाली मन पर्यो'  बोलको पहिलो गीत सार्वजनिक भएको छ।  सार्वजनिक गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई मुख्य भूमिकामा देखन सकिन्छ।  कालीप्रसाद बास्कोटाको शब्द संगीतमा तयार भएको यस गीतमा अस्मिता अधिकारी र कालीप्रसाद बास्कोटाको आवाज रहेको छ।  

 द नेक्स्टका प्रदीप लामाको कोरियोग्राफी रहेको यस गीतमा प्रदिम स्वयंको पनि अभिनय रहेको छ। हेमराज बिसीको निर्देशनमा तयार भएको कमेडी ड्रामा फिल्ममा  निश्चल र स्वस्तिमको अलावा शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक र रोय मुख्य भूमिका रहेको छ।  साथै अभिनेत्री गौरी मल्लको  पनि फिल्ममा अतिथि भूमिका रहेको छ। 

">

तिहारको छेको पारेर प्रदर्शनमा आउन लागेको 'घामड शेरे' मा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ। भने फिल्मका कार्यकारी निर्माता भने नरेन्द्र विक्रम बुढा क्षेत्री हुन्।