स्वास्थ्य

जोन्सन बेबी पाउडरमा क्यान्सरको तत्व भेटियो, सजक हुन आग्रह

जोन्सन बेबी पाउडरमा क्यान्सरको तत्व भेटियो, सजक हुन आग्रह

अमेरिकाको बहुराष्ट्रिय फर्मास्युटिकल्स तथा मेडिकल उपकरण निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनको पाउडरमा क्यान्सरको तत्व भेटिएको छ।  अमेरिकी स्वास्थ्य नियामक फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन (यूएसएफडीए) ले परिक्षणका लागि लिएको केहि नमुनामा क्यान्सरको कारक तत्व एसबेस्टस भेटिएको बताईएको छ। 

 बालबालिकाका लागि स्याम्पु, साबुन, पाउडर  लगायत उत्पादन गर्दै आइरहेको यस कम्पनीमा उक्त तत्व फेला परेपछि स्वेच्छिक रूपमा ३३ हजार बेबी पाउडरको बोतल फिर्ता लिइएको छ। अनलाईनबाट मगाईएको पाउडरको एक बोतलमा परिक्षणको क्रममा एसबेस्टस भेटिएपछि पुरै लट नै फिर्ता गर्नु परेको हो।  

यूएसएफडीएको  जाँच

अमेरिकाको गुणस्तर मापक केन्द्र यूएसएफडीएले अनुसन्धानका लागि केहि नमुना पाउडर लिएको र अनुसन्धानको क्रममा क्यान्सरको तत्व भेटिएकाले आफ्नो उत्पादन बिश्वभर बाट फिर्ता मागेको हो।  

६ % ले घट्यो कम्पनीको शेयर 

यो खबर सार्वजनिक भएसंगै कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ।

देशभर बिक्छन कम्पनीको उत्पादन 

जोनसन एण्ड जोनसनको उत्पादन  नेपाल लगायतका थुप्रै देशहरुमा प्रयोग हुने गरेको छ।  यो घटना भन्दा पहिले मे महिनामा जोनसन बेबी स्याम्पु गुणस्तर मापन पनि खराब नै आएको थियो ।