खेल

नेपालले आज आयोजक सिंगापुरको सामना गर्ने, जित्नै पर्ने बाध्यता

नेपालले आज आयोजक सिंगापुरको सामना गर्ने, जित्नै पर्ने बाध्यता

काठमाडौँ । सिंगापुरमा जारी त्रिकोणात्मक ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृंखलाको चौथो खेलमा आज नेपालले आयोजक सिंगापुरेको सामना गर्दैछ । मंगलबारको खेलमा नेपाललाई जिम्बावेले ४० रनले पराजित गरेकाले उपाधि जित्ने सम्भावना जिवित राख्न नेपालले खेल जित्नैपर्ने हुन्छ । इन्डियन एसोसियसनको मैदानमा नेपाल र सिंगापुरबीचको खेल साँझ ५:१५ बजे सुरु हुनेछ ।

यसअघि मंगलबार जिम्बावेले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाएको थियो । जारी श्रृंखलामा जिम्बाबेसँग नेपालको यो लगातार दोस्रो हार हो ।

जितसँगै ४ अंक जोडेको जिम्बावे सिरिजको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपाल सिरिजको अंक तालिकाको दोस्रो स्थानमा छ । नेपालले ३ खेलमा २ अंक जोडेको छ । श्रृंखलाको अन्तिम खेलमा विहीबार सिंगापुरले जिम्बाबेको सामना गर्नेछ ।