खेल

च्याम्पियन्स लिग : युभेन्ट्स र यथ्लेटिको म्याड्रिड विजयी

च्याम्पियन्स लिग : युभेन्ट्स र यथ्लेटिको म्याड्रिड विजयी

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत मंगलबारको खेलका इटालियन क्लब युभेन्टसले जित हासिल गरेको छ । घरेलु टोली युभेन्टसले बायर लेभरकुजनलाई ३–० ले पराजित गर्यो । युभेन्ट्सका लागि गोन्जालोले खेलको १७ मिनेटमैँ गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको युभेन्टसले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

दोस्रो हाफको ६१ औँ मिनेटमा फेडेरिको बर्नार्डेस्कीले गोल गरे भने ८८ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरी ३–० ले जित दिलाए ।

मंगलबार राति भएको अर्को खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले लोकोमोटिभ मस्कोलाई २–० ले पराजित गर्यो । उसका लागि जोआओ फिलिक्सले ४८ औ मिनेटमा गोल गरे । त्यस्तै ५८ औ मिनेटमा थोमसले गोल गर्दै जित सुनिश्चित गरे ।