अर्थ

जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात

जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात

जुम्ला।  जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ।  बिगत दुई बर्षको स्याउबाट हुने आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जनाएका छन।  आर्थिक वर्ष २०७४/७५ मा रु १६ करोड र आव २०७५/७६ मा रु १७ करोड बराबरको स्याउ जिल्ला बाहिर गएको देवकोटाले जानकारी दिएका छन। 

जुम्लामा साढे १६ हजार घरधुरी स्याउखेतीमा निर्भर छन् । स्याउको आम्दानी हेर्दा कम्तीमा एक किसानले रु चार देखि रु छ लाख बराबर कमाएका छन् । तिला गाउँपालिका–१ का नर रावत र महेन्द्र बुढाले स्याउ निर्यातबाट करीब रु दुईदेखि रु चार लाख कमाएको जानकारी दिएका छन। पछिल्लो समय जुम्ली स्याउको माग बढ्दै गएकाले कृषकहरु स्याउ उत्पादनप्रति आकर्षित भएका छन।  

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष जुम्लामा १२ हजार मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ ।  असोज अन्तिमसम्मको तथ्याङ्कअनुसार जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ मात्रै निर्यात भएको छ ।

 

 

जुम्लाको स्याउ