स्वास्थ्य

मौसमी विरामीले भरिए अस्पताल

मौसमी विरामीले भरिए अस्पताल

काठमाडौँ । मौसमी परिवर्तनसँगै काठमाडौंका अधिकांश अस्पताल विरामीले भरिएका छन । खाशगरी रुघाखोकी, ज्वरो, झाडापखाला, भाइरल इन्फ्लुएन्जा र विभिन्न सरुवा रोगको संक्रमणमा विरामी परेका हुन ।

दैनिक साँढे दुई सयभन्दा बढी बिरामी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्ने गरेको अस्पतालले जनाएको छ । वर्षा सकिएर शरद ऋतु शुरु भएसँगै मौसम परिवर्तनकै कारणले मौसमी रोगीको संख्या बढ्न थालेको अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवडाले जानकारी दिए ।