खेल

नेपाल र सिंगापुरबीचको खेल रद्द, नेपालको यात्रा समाप्त

नेपाल र सिंगापुरबीचको खेल रद्द, नेपालको यात्रा समाप्त

त्रिकोणात्मक टि-ट्वान्टी क्रिकेट अन्तगर्त नेपाल र घरेलु टोली सिंगापुरबीचको खेल रद्द भएको छ । निरन्तर वर्षा भएपछि खेल रद्द गरिएको हो ।

खेल रद्द भएसँगै दुबै टोलीले एक-एक अंक बाँडेका छन् । खेल रद्द भएसँगै नेपालको त्रिकोणात्मक सिरिजको यात्रा समाप्त भएको छ ।

सिंगापुरस्थित इन्डियन एसोसिसनको मैदान निरन्तर वर्षा भएपछि खेलमा टस समेत हुन सकेन । वर्षा नरोकिएपछि अम्पायरले खेल रद्द भएको निर्णय गरेका हुन् ।

यसअघि सिंगापुरविरुद्धको पहिलो खेलमा नेपाल ९ विकेटले विजय भएको थियो । टेष्ट राष्ट्र जिम्बाब्वेसँग भने दुबै खेलमा पराजित भएको थियो । पहिलो खेलमा ५ विकेटले पराजय भोगेको नेपाल मंगलबार दोस्रो खेलमा ४० रनले हारेको थियो ।

त्रिकोणात्मक टि-ट्वान्टी सिरिजपछि नेपाली क्रिकेट टोली अब ओमानमा हुने पाँच राष्ट्र सहभागि टि-ट्वान्टी सिरिज खेल्न जानेछ ।