अन्ततः रोशनी शाहीले फेरि दर्ता गराइन् निवदेन, न्यायाधीशले दिए यस्तो आदेश

अन्ततः रोशनी शाहीले फेरि दर्ता गराइन् निवदेन, न्यायाधीशले दिए यस्तो आदेश

काठमाडाैँ – बलात्कारको प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफमाथि कुनै दुर्व्यवहार नगरेकाे संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बताएकी छिन् । उनले भनिन्,' महरा सरले बलात्कार प्रयास गर्नु भएकाे छैन्।'

काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलाससमक्ष रोशनीले यस्तो निवेदन दिएकी हुन् । साथै उनले प्रहरीको दबाबमा महराविरुद्ध जाहेरी दिएको न्यायाधीश समक्ष बताएकी छिन् ।

यसअघि रोशनी शाहीले आफूमाथि महराले बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् ।महरा असोज १९ गते बालुवाटारस्थित सरकारी निवासबाट पक्राउ परेका थिए ।

यसैबीच महरालाई अदालतले थप अनुसन्धान गर्न ५ दिन थुनामा राख्न अनुमति दिएको छ। अदालतले प्रहरीलाई घटनाबारे थप अनुसन्धानका लागि समय दिएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। 

आइतबार काठमाडौं जिल्ला अदालतका उनै न्यायाधिश बाबुराम सुवेदीको एकल इजलासले कार्तिक २ गतेदेखि लागू हुनेगरी पाँच दिन थप थुनामा राख्ने आदेश दिएको हो ।प्रहरीले घटनाबारे महरासँग अझै बयान पूर्ण गर्न सकेको छैन। बिरामी परेको भन्दै अस्पताल भर्ना भएपछि बयानको प्रक्रिया लम्बिएको हो।

संम्बधित खबर