स्वास्थ्य

आज र भोली देशभरका २७ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइदै !

आज र भोली देशभरका २७ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइदै !

काठमाडौँ। सरकारले कात्तिक २ गते सनिवार र आइतवारका दिन देशभरका ६ महिनादेखि पाँचवर्षसम्मका  बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश तथा स्थानीय तहसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरि पाँचबर्षभन्दामुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन लागेको हो।  

यसका लागि सबै स्थानीय तहमा कार्यरत ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालन गरिएको छ।   स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखा प्रमुख केदार पराजुलीले पहिलो चरणअन्तर्गत ७५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाइने बताएला छन।  

साथै स्वास्थ्य स्वयंसेविकाहरुले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको पोषण स्थिति जाँच गर्न ‘एमयूएसी’ टेपबाट पाखुराको नाप समेत लिने बताईएको छ।  

 

#भिटामिन ए र जुकाको औषधी