भिडियो Breaking News कभर स्टोरी

आलम दोषी भए कारवाही गर्न कांग्रेसले रोक्दैन ( भिडियोसहित) 

आलम दोषी भए कारवाही गर्न कांग्रेसले रोक्दैन ( भिडियोसहित) 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चौतर्फी दवावपछि व्यक्ति हत्याको आरोप लागेका  सांसद मोहम्मद अफताव आलमको प्रतिरक्षा नगरेको स्पष्ट पारेका छन् । उनले आलममाथि अनुसन्धान गर्न प्रहरीलाई सहयोग गर्ने बताएसंगै सोही पार्टीकी नेतृ सीता सापकोटाले पनि आलम दोषी प्रमाणित भए कारवाही गर्न कांग्रेसले नरोक्ने बताएकी छिन् । 

नेपाल आजसंगको विशेष साक्षात्कारमा नेपाली जन सम्र्पक समिति बेल्जियमकी सभापतिसमेत रहेकी नेतृ सापकोटाले आलममाथि सरकारले कुनैपनि पूर्वाग्रह नराखी छानबिन गर्न सक्ने बताइन् । सरकारका गतिविधि एकपछि अर्को गर्दै शंकास्पद देखिएकाले कतै नियोजितरुपमा कांग्रेसमाथि आक्रमण गरेको त होइन भन्ने आशंका उब्जिएको उनले बताइन् । 

सरकाले नेपाली कांग्रेसका नेता कार्यकर्तालाई नियाजितरुपमा फसाउन बिभिन्न प्रपञ्च गरिरहेकाले आलमलाई पनि शिकार बनाउन खोजिएको आशंका सभापति देउवामा उब्जिएको हो । 

‘यदि जघन्य अपराधमा उनको संलग्नता छ भने त्यसको अनुसन्धान गरी कारवाहीका लागि कांग्रेसले कुनै अवरोध गर्दैन । कांग्रेस विधिको शासनको पक्षमा छ । ’ सापकोटाले बताइन् । 

फर्जी मतले कुमार विजयी 

वर्तमान सरकारले आफना समर्थक बाहेक अरुलाई सिध्याउने नीति लिएको छ । गैर आवासिय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशनमा सरकार र नेकपाको चरम हस्तक्षेप हुनु अधिनायकवादको उदाहरण हो । 

वास्तवमा भन्ने हो भने कुमार पन्त फर्जी मत पाएर विजयी भएका हुन् । कम्तिमा ८०/९० मत फर्जी परेको छ । यो सबैका लागि  निवर्तमान अध्यक्ष भवन भट्ट र अहिलेको सरकार जिम्मेवार छन् । उनीहरुकै षडयन्त्रमा चुनावमा धाँधली गरियो । उपद्र मच्चाउने पनि उनीहरु नै हुन् । 

एनआरएनए बिघटन ? 

नवनिर्वाचित अध्यक्ष पन्त सक्षम भएपनि उनको कार्यसमितिमा भएका केही व्यक्तिका कारण उनी सफल हुनेमा आशंका छ । उनको समितिमा निरंकुश र तानाशाही चरित्रका मानिससमेत भएकाले पन्तलाई काम गर्न सजिलो हुने छैन । एनआरएनएलाई राजनीति मुक्त र सबैको साझा संगठन बनाउन पन्तलाई उनकै सहयोगी बाधक हुनेछन् । यो चुनौती पन्तले पार गर्न नसके संघको दशौं सम्मेलन हुनेछैन । त्यसअघि नै एनआरएनए बिघटन भैसक्छ । 

सापकोटा भन्छिन्, ‘ नवौं सम्मेलनमा विध्वंस मच्चाई हामीसबैको बेइज्जत गर्नेको पहिचान गरी कारवाही गर्नुपर्छ । यो दायित्व कुमार जीको हो । हामी उहाँलाई दवाव दिन्छौं । उहाँले यो काम गर्नैपर्छ । ’

देउवा र पौडेल एकठाउँ

नेपाली कांग्रेसमा विगत जे जस्तो भएपनि अब शीर्ष नेताहरु एकठाउँमा छन् । मुख्यतः सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई एकठाउँमा उभ्याउने प्रयास भैरहेको छ । यसका लागि नेता कार्यकर्ता लागेका छन् । 

पार्टीमा शेखर कोइराला, चन्द्र भण्डारी, प्रदीप पौडेल, धनराज गुरुङ लगायतका थुप्रै नेताहरु बैचारिकरुपमा स्पष्ट र कुशल नेतृत्व दिने क्षमताका भएकाले भविश्यमा समेत कांग्रेस सुदृढ र सक्षम हुनेमा कुनै शंका छैन । अब पार्टीको १४औं महाधिवेशनमा पुरानासहित यी नेताहरुलाई पनि जिम्मेवारी दिनुपर्छ । 

तीन पदाधिकारी ‘खतरा’

पार्टीका तीन जना पदाधिकारीका कारण कांग्रेस ध्वस्त हुन थालेको हो । नाम भन्न जरुरी छैन, सबैले चिन्छन् । यीनीहरुले सभापति शेरबहादुर देउवालाई गर्ने गलत ब्रिफिङका कारण पार्टी तहसनहस हुने अवस्थामा पुगेको छ । 

‘बेल्जियममा मलाई पनि दुःख दिन खोजे । हटाउन खोजे । तर, अन्ततः म निर्वाचित भएर आएँ । अहिले तरुण दल, नेविसंघ लगायतमा देखिएको समस्या पनि यीनीहरु दोषी छन् । आफनो स्वार्थका कारण पार्टीलाई लथालिंग बनाए । आउँदो महाधिवेशनमा हामी यीनीहरुको हिसावकिताब गछौं । ’

हिन्दु राष्ट्र

मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्छ । हिजोका दिनमा जे जस्तो भएपनि सकभर हिन्दु राष्ट्र नभए धार्मिक स्वतन्त्रतासहितको व्यवस्था गर्दा उत्तम हुन्छ । धर्मनिरपेक्षता चाहिं हुनुहुन्न । संघीयता लगायत अन्य विवादित विषयमा जनमतसंग्रह गर्नुपर्छ ।