स्वास्थ्य

विवाहितको तुलनामा अविवाहितहरुमा हृदयघात हुने सम्भावना बढी !

विवाहितको तुलनामा अविवाहितहरुमा हृदयघात हुने सम्भावना बढी !

एजेन्सी।  बेलायतमा भएको एक शोधले विवाहित मानिसहरुमा हृदयाघातको खतरा अविवाहित मानिसमा भन्दा कम हुने देखाएको छ । शोधकर्ताहरुका अनुसार सम्बन्ध विच्छेद गरेकाहरुमा हृदयाघातको खतरा सबैभन्दा बढि हुन्छ ।

त्यस्तै विवाहितहरुमा हृदयाघातको जोखिम सबैभन्दा कम हुन्छ । अविवाहितहरु खतराको दोश्रो स्थानमा रहेका हुन्छन । शोधकर्ताहरुको अनुसार विवाहित मानिसहरुमा हृदयाघातको जोखिम कम हुनुको प्रमुख कारण मानसिक शान्ती, जिवनसाथीको सहयोग तथा सामाजिक सहभागिता रहेको छ ।

यो शोध बेलायतको म्यानचेष्टरमा ब्रिटिस कार्डियोभास्कुलर सोसाइटीले गरेको हो । उक्त रिपोर्ट एस्टन विश्वविद्यालयका २५ हजारमा मानिसमा अध्ययन गरी तयार पारिएको हो । शोध अनुसार विवाहित मानिसको तुलनामा अविवाहितमा वा एक्ला मानिसहरुमा हृदयाघातको खतरा १४ प्रतिशत बढि हुन्छ । हृदयाघातको खतरा सम्बन्ध विच्छेद गरेका मानिसमा सबैभन्दा बढि हुनुको कारण अतिरिक्त तनाव र सामाजिक बहिष्करण रहेको शोधकर्ताको निष्कर्ष छ