देश

दशैँ बिदामा ताला फुटाइ विद्यालयका कम्प्युटर चोरी

दशैँ बिदामा ताला फुटाइ विद्यालयका कम्प्युटर चोरी

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–९ स्थित एक विद्यालयबाट गएरात कम्प्युटर चोरी भएको छ । बर्दिवास–९ स्थित राष्ट्रिय मावि पशुपतिनाथ बनरझुलाबाट १५ थान कम्प्युटर, एक थान प्रोजेक्टर र तीन थान राउटर चोरी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

बन्द रहेको विद्यालयको ताल्चा फुटाई लाखौँ मूल्य पर्ने कम्प्युटर लगायत सामान चारी भएको अधिकारीको भनाइ छ । चोरीमा संलग्न व्यक्तिको खोजी गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।