मनोरञ्जन

तिन दिनदेखि अमिताभ अस्पताल भर्ना ! के भयो ?

तिन दिनदेखि अमिताभ अस्पताल भर्ना ! के भयो ?

एजेन्सी।  बलिउडका महानायक अमिताभ बच्चन गएको ३ दिनदेखि लागि अस्पताल भर्ना भएका छन। नियमित चेकजांचका लागि अस्पताल पुगेका बच्चनको स्वास्थ्यमा समस्या देखिएकाले अस्पताल भर्ना गर्न परेको हो। र स्वास्थ्यमा सुधार आउन अझै १- २ दिन समय लाग्ने छ।    

लामो समयदेखि लिभरको समस्यासंग जुधिरहेका अमिताभलाई आइतवार अस्पतालबाट डिस्चार्ज गरिने बताईएको छ।  सन् १९८२ मा चलचित्र कलीको छायांकनको दौरानमा चोट लागेर उनलाई १२ दिनसम्म अस्पताल भर्ना गरिएको थियो। त्यसै बेलादेखि उनको लिभरले  ७५ % काम गर्न छोडेको र उनलाई सिरोसिस भएको बताईएको छ। हाल २५ प्रतिशत मात्र  लिभारले  काम गर्ने बिग बिले बताउदै आएका छन।  

चोटको  दौरानमा उनलाई भुलवश हेपाटाइटिस बि संक्रमित व्यक्तिको रगत दिइएको थियो।  

अमिताभलाई स्पेसल रुममा राखेर उपचार थलिएको छ।  तथापी उनलाई भेट्न उनका परिवार बाहेक अन्य कलाकर्मी अस्पताल नगएको समेत बताईएको छ।