स्वास्थ्य

विपन्नलाई प्रलोभनमा पारेर मिर्गौला प्रत्यारोपण !

विपन्नलाई प्रलोभनमा पारेर मिर्गौला प्रत्यारोपण !

काठमाडौं - रामेछापका कञ्चन लामा (नाम परिवर्तन) को परिवार आर्थिक रुपमा निकै विपन्न छ। गाउँमा उत्पादित वस्तुले परिवारको छाक टर्दैन। कमजोर आर्थिक अवस्थाले बिहानबेलुकी हातमुख जोर्न मुस्किल पर्छ। असोज १६ गते त्यही विपन्न परिवारको घरमा एउटा टोली छि-यो। त्यसमा छिमेकी शंकरलाल लामासहित ६ जना थिए। उमेश लामा (नाम परिवर्तन) को मिर्गौलाले काम गर्न छाडेपछि उनीहरु मिर्गौला खोज्दै विपन्न लामाको घर पुगेका थिए।

कुराकानी गर्दै जादा टोलीले लामासँग उनका दुइटा मिर्गौलामध्ये एउटा माग्न थाल्यो। उनीहरूले लामाको परिवारलाई विभिन्न प्रलोभन दिएर मृर्गौंला बेच्न राजी बनाए। तीन लाख रुपैयाँमा मिर्गौला किन्ने सहमति गरे। सहमति भएपछि उक्त टोलीले काठमाडौं आएर आवश्यक कागजात तयार पार्यो।   उनीहरूले मामा–भान्जी भनेर नक्कली नाताको प्रमाणित पत्र पनि बनाए। त्यसपछि ललितपुरको पुल्चोकमा रहेको निदान अस्पतालमा मिर्गौला दिने र लिनेका आफन्त पुगे। त्यहाँ फाराम भर्ने र कागज बनाउने काम भयो। डाक्टरसँग पनि सेटिङ मिलाइयो।

नक्कली कागजातअनुसार फोटो टाँस्ने र फाराम भर्ने काम भयो। असोज २३ गते नर्सहरुको टोलिले अस्पतालकै डाक्टर राजेश पन्तको टिमलाई फाइल बुझायो। फाइलमा २४ गते शल्यक्रिया गरेर मिर्गौला प्रत्यारोपणका लागि निकाल्ने उल्लेख थियो।

यो समाचार नागरिक दैनिकमा शिवाहरिले घिमिरेले लेखेका छन।