अर्थ

फेरि घट्यो सुनको मूल्य ! कति पुग्यो ?

फेरि घट्यो सुनको मूल्य ! कति पुग्यो ?

काठमाडौँ , बिगत केहिदिन देखि ओरालो लागेको सुन मूल्यमा आज ८ सय रुपियाँले  गिरावट आएको छ। 

नेपाल सुनचांदी व्यवसायी संघका अनुसार मंगलवार छापावाल सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यहि अनुरुप सोमवार छापवाला सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो । यहि हिसावले सोमवारको तुलनामा मंगलवार सुनको मुल्यमा प्रतितोला ८०० रुपियामा गिरावट आएको हो।  

यस्तै मंगलवार तेजावी सुन प्रतितोला ६८  हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।    

महासंघका अनुसार  मंगलवार चाँदीको मुल्यमा  पनि गिरावट आएको छ।  मंगलवार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । भने  सोमवार चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।