राजनीति

म्याद थपका लागि महरालाई अदालतमा उपस्थित गराईयो !

म्याद थपका लागि महरालाई अदालतमा उपस्थित गराईयो !

काठमाडौँ। संसद कार्यालयकी महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित् गराईएको छ।  

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै प्रहरीमा उजुरी दिएपछि गत असोज १९ गते महरालाई प्रहरीले बालुवाटारस्थित सरकारी कार्यलयबाट नै पक्राउ गरेको थियो ।   

रोशनीले गत असोज १२ गते महराले आफुमाथि बलात्कारको प्रयास भएको भन्दै उजुरी दिएपछि सभामुख महराले पदबाट राजिनामा दिएका थिए।